back
NMB ad

मर्जरमा जानका लागि यी दुई वित्तीय संस्थाले एक आपसमा गरे यस्तो सम्झौता

Kumari bank ad

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले र घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न हस्ताक्षर भएको छ । सो सम्बन्धि सम्झौता(एमओयू) मा आइतवार दुई कम्पनीबीच हस्ताक्षर भएको हो ।

मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको रू.१२ करोड १० लाख चुक्तापूँजी रहेको छ भने २१ जिल्लामा ३४ शाखा सञ्जाल रहेको छ ।

त्यसैगरी काभ्रेको बनेपा–८ मा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी रू.७ करोड रहेको छ । ११ जिल्लामा १३ ओटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले हालसम्म सर्वसाधारणलाई शेयर वितरण गरेको छैन ।

प्राप्तिपछि कम्पनीको नाम महिला सहयात्रा घरेलु वित्तीय संस्था रहने छ भने चुक्तापूँजी रू. २० करोड पुग्ने छ । प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

तीन महीनाभित्र प्राप्ति हुने गरि दुई कम्पनीबीच सम्झौता भएको बताइएको छ । महिला सहयात्रा वित्तीय संस्थाका कार्यवाहक अध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठले महिलाहरुले लगानी गरेको महिला सहयात्राले महिलाको आर्थिक अवस्था उकास्ने आगामी दिनमा विशेष ध्यान दिने बताएकी छन् ।

वि.सं.२०७६ फागुन ११ आइतवार २१:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...