back
NMB ad

कोरोना भाइरसको जोखिम बढेको भन्दै पानीमा नभिज्न र भिडभाडमा नजान डाक्टरको सुझाव

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ ।

कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ ।

यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टर बाँस्तोलाले बताउनुभयो । भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ ।

यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ । सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् ।

कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ । यस वर्षको होली आउँदो हप्ता मनाईंदैछ । रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरुलाई कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन्छ ।

यस्तै डाक्टरले रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिए तुरुन्त डाक्टरको निगरानीमा जान पनि आग्रह गरेका छन् ।

वि.सं.२०७६ फागुन १९ सोमवार ११:२६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...