back
NMB ad

आजैदेखि लागू हुने गरि कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । आजैदेखि लागू हुने गरि कुमारी बैँकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कर्जा तथा निक्षेपको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैँकले विभिन्न बचत खाताहरुमा २.५ देखी ६.५ प्रतिशतसम्म ब्याज दिने छ । त्यसमध्ये डलर बचत खातामा २.५ प्रतिशत ब्याज र शेयरधनी बचत खाता , कुमारी स्वास्थ जीवन बचत खाता ,सबैको बचत खाता लगायतका खाताहरुमा ६.५ दिइने छ ।

साथै अन्य बचत खाताहरुमा ५.५ प्रतिशतका दरले ब्याज निर्धारित गरेको छ । बैंकले यसबाहेक व्यक्तिगत मुद्दति खातामा ९.२५ , संस्थागत मुद्दति खातामा ८.५० र बिदेशी मुद्रा मुद्दति खातामा ३.२५ व्याज दिने जनाएको छ ।

बैँकले ऋण दिदा कर्जाको प्रकार अनुसार १६.५२ प्रतिशत देखी १८.५२ प्रतिशतसम्म व्याज लिने जनाएको छ । हाल बैँकको आधारदर १०.५२ छ । बैँकले त्यसैमा ६ देखी ८ प्रतिशत सम्म प्रिमियम जोडेर व्याजदर निर्धारण गरेको हो । जसमध्ये ,बैँकले आधार दर सहित जोडेर घर कर्जा र सवारी कर्जामा १८.५२ व्याजदर निर्धारण गरेको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...