back
NMB ad

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने टिममा को-को छन् ?

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टिमले गर्ने भएको छ। त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको हो।

युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्। मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह छन्। उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत छन । युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन् ।

प्रधानमन्त्री केपी ओलीको सोमबार साँझसम्म त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुने जनाएको छ।उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदैछ । प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन ।

पहिलोपटक भने बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन्। आइतबार बिहान ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँच गरिएका रिपोर्ट नर्मल आएपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका थिए ।त्यहाँ उनले ’प्लाज्माफेरेसिस’ गरिएको थियो।

त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए ।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए । (समाचार  तथा फोटो : अन्नपूर्ण पोष्ट)

वि.सं.२०७६ फागुन १९ सोमवार १२:५० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...