काठमाडौं । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना भएको छ । बुधबार साझा जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको राठौरले पुष्टि गरेका छन् । उनले उद्दार कार्य जारी रहेको बताए । मान्छे धेरै च्यापिएको भन्दै मृतकको संख्या बढ्न सक्ने उनले बताए । उनका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार १९:४६ मा प्रकाशित