back
NMB ad

बागमतीमा सार्वजनिक बिदा !

Kumari bank ad

काठमाडौं । आज फागुन २२ गते अर्थात विहीबार सार्वजनिक बिदा दिएको छ ।

‘प्रदेश नं. २ को सान, राजा जनकप्रति सम्मान’ भन्ने मूल नाराका साथ फागुन २२ गतेबाट सुरु हुन लागेको चौथो राजर्षी जनककप फुटबलको उदघाटनका अवसरमा एक दिन नगरपालिकाभित्र स्थानीय विदा दिने निर्णय गरेको छ ।

बुधवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले सूचना निकालेर सार्वजनिक विदा दिएको जानकारी दिनुभयो ।नगरपालिका अन्तर्गत सञ्चालित कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

बागमती नगरपालिकास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको बिहीबार दिउँसो एक समारोहबीच पूर्वउपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम हुनेछ ।

बागमति नगरपालिकाको गौरवको विषय भएको हुनाले सार्वजनिक बिदा दिइएको मेयर भरत कुमार थापाले जानकारी दिनुभयो ।प्रतियोगिताको उदघाटन खेलमा आयोजक बागमती युवा क्लब सर्लाही र ब्वाईज युनियन क्लब काठमाडौंले प्रतिस्पर्धा गर्दैछन ।

खेलमा १२ वटा टिमको सहभागिता रहनेछ। चैत १ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले १० लाख रुपियाँ र उपबिजेताले ५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छन ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपियाँ नगद प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिनुभयो ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ०६:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...