back
NMB ad

प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने

Kumari bank ad

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारसम्म डिस्चार्ज गरिने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले अब डिस्चार्ज गर्न सकिने एक चिकित्सकले बताउनुभयो ।

’प्रधानमन्त्री ज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ । उहाँलाई मंगलबार वा बुधबार हामी डिस्चार्ज गर्छौं।’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले थप भने,’प्रधानमन्त्री हिँड्डुल गर्न सक्ने र आफैंले खानेकुरा खान सक्ने भइसक्नुभएको छ । त्यसैले अब डिस्चार्जको तयारी गर्दा हुन्छ।’

अस्पतालबाट डिस्चार्ज नभएसम्म कसैलाई पनि भेट्न नदिने चिकित्सकहरूले बताएका छन । प्रधानमन्त्री ओलीले पनि चिकित्सकले भने अनुसार नै डिस्चार्ज हुने बताउनुभएको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलालाई पनि सँगै डिस्चार्ज गर्ने तयारी भइरहेको ती चिकित्सकले जानकारी दिए । मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ मा प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भोलिपल्ट दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

वि.सं.२०७६ फागुन २६ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...