back
NMB ad

माछापुच्छ्रे बैंकबाट बाहिरिंदै सुमन शर्मा, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत बाहिरिन लाग्नुभएको छ । चार वर्षका लागि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनुभएका सुमन शर्मा पारिवारिक कारण देखाउँदै बाहिरिन लाग्नुभएको हो ।

करिब दुई वर्ष अघि प्रमुख कार्यकारी नियुक्त हुनुभएको शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने योजनामा रहनुभएको बताइएको हो । उहाँ बाहिरिएसँगै कामु प्रमुख कार्यकारी अधिकृतमा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले जिम्मेवारी सम्हाल्नुहुने पनि बताइएको छ ।

सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गर्नुभएका शर्माको बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ । शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गर्नुभएको छ । ग्लोबल आइएमइ बैंकमा कार्यरत शर्मा २३ महिना अघि माछापुच्छ्रे बैंकको प्रमुखमा नियुक्त हुनुभएको थियो । सो भन्दा अघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहनुभएको थियो । प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत शर्माले शाखा सञ्जाल विस्तार, निक्षेप संकलन र ऋण लगानीमा आक्रामक रुपमा कार्य अघि बढाउनुभएको छ । शर्माले छोटो समयमै बैंकको शाखा ६० वटाले बढाउनुभएको थियो ।

यता कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न लाग्नुभएका कोइराला २१ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहनुभएको छ । उहाँ माछापुच्छ्रे बैंकमा दुई वर्षदेखि नायव प्रमुख कार्यकारी हुनुहुन्छ । यसै बैंकमा ७ वर्ष बिताइसक्नुभएका कोइरालाले बैंक अफ काठमाण्डूबाट करियर सुरु गर्नुभएको हो ।

वि.सं.२०७६ फागुन २८ बुधवार १५:४९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...