back
NMB ad

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर बेपत्ता सूचीमा

Kumari bank ad

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा पर्नुभएको छ । सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम मंगलबार सार्वजनिक गरेको छ ।

त्यसमा मन्त्री मगरको नाम समेत समावेश छ । आयोगले सार्वजनिक गरेको सूचीमा मन्त्री मगरको नाम १९० नम्बरमा राखिएको छ । ठेगाना कञ्चनपुर, कालिका लेखिएको छ ।

मन्त्री मगरलाई २०६० सालमा राज्यले बेपत्ता पारेको थियो । तर उहाँ २८ महिनापछि सम्पर्कमा आउनुभयो र पार्टीमा सक्रिय हुनुभयो । राज्यले बेपत्ता पारेको बेला उहाँको नाम बेपत्ता सूचीमा राखिएको थियो ।

तर त्यसलाई अहिलेसम्म नहटाइएको कारण उहाँको नाम बेपत्ता सूचीमा परेको हो ।मन्त्रीका स्वकीय सचिव विजय भट्टराईले यसप्रति आश्चर्य व्यक्त गर्नुभयो । ‘सूचीमा मन्त्रीज्यूको नाम पनि छ र ?’ भट्टराईले भन्नुभयो, ‘द्वन्द्वकालमा उहाँलाई राज्यले बेपत्ता पारेको थियो, त्यही कारण सूचीमा नाम परेको हुनसक्छ । ’ जनतासमाचार अनलाइनमा समाचार छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार १६:४३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...