back
NMB ad

विशेष सेवाका कर्मचारीको उमेरहद ६० वर्ष

Kumari bank ad

काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ ।

समितिको आज बसेको बैठकले विधेयक संशोधनसहित पारित गरेको समिति सभापति परशुराम मेघी गुरुङले जानकारी दिए । उनका अनुसार समितिले पारित गरेको विशेष सेवा विधेयकमा विशेष सेवामा कार्यरत कर्मचारीको उमेरहद ६० वर्ष बनाइएको छ ।

यसअघि उमेरको हदबन्दी ५८ राखिएकामा ६० वर्ष पु¥याइएको सभापति गुरुङले जानकारी दिए । समितिले पास गरेको विधेयक आजै राष्ट्रियसभामा पेश गरिनेछ ।

उनले विशेष सेवा भन्नाले आफैंमा पनि विशेष तरिकाले सरकारका सूचना सङ्कलन गर्ने र सूचना दुरुपयोग भयो भने त्यही खालको सजाय दिनुपर्ने भएकाले त्यस्ता सूचना चुहाउनेलाई कठोर सजायको व्यवस्था गरिएको बताए ।

राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानमा खलल पर्ने किसिमको अति गोप्य सूचना कुनै प्रलोभनमा परी वा नपरी अनधिकृत व्यक्तिलाई थाहा दिएमा वा त्यस्ता सूचनासँग सम्बन्धित अति गोप्य कागजातको बेचबिखन गरी गोप्यता भङ्ग गरेमा जन्मकैदसम्मको व्यवस्था गरिएको सभापति गुरुङले जानकारी दिए ।

उनले कसुर हेरेर विधेयकमा सजायको व्यवस्था गरिएको बताए ।यसैगरी विधेयकमा फोन ट्यापिङ राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डतादेखि खासखास कुरामा मात्र गर्न पाइने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।

जो कोहीले फोन ट्यापिङ गर्ने नभई अनुसन्धान अधिकृतले मात्र पाइने व्यवस्था गरिएको सभापति गुरुङले बताए । ‘त्यो फोन ट्यापिङ गर्न आधार र अभिलेखीकरण हुनुपर्ने छ ।

कुनै अदालतमा फोन ट्यापिङलाई प्रमाणका रूपमा प्रयोग गर्न नपाइने र फोन ट्यापिङको दुरुपयोग गरेको खण्डमा दण्ड सजायको व्यवस्था गरिएको छ’, उनले भने ।रासस

वि.सं.२०७६ चैत ६ बिहीवार १६:०४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...