back
NMB ad

डलरको भाउ अहिलेसम्मकै महँगो, कति वृद्धि ?

Kumari bank ad

काठमाडौं ।  अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा छ ।

हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा रहेको थियो । कोरोनाको सङ्क्रमण विश्वभर फैलंदा त्यसकै असरले डलरको भाउ पनि बढेको हो ।

अहिले डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । वैदेशिक रोजगारीमा जानुभएको छ भने यो घरमा पैसा पठाउने सही समय भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३१० रुपैयाँ ३४ पैसा तोकेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३८२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०५ पैसा तोकिएको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ४४ पैसा रहेको थियो ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १०:५४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...