back
NMB ad

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

Kumari bank ad

जुम्ला । प्रभु बैंक र नेपालआर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ ।

भौगौलिक रूपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देयश्का साथ जुम्ला सदरमुकाम खलंगामा साक्षरता कार्यक्रम गरिएको हो ।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगे पनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताइन् ।

बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउँदै उनले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिइन् ।

जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रूपमा सबल बन्दै गएको तथा बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृद्धि हुँदै गएको उनले बताइन् ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्त्वबारे जानकारी गराउँदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए ।

प्रभु बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँगाउँमा बैंक विस्तार गरिसकेकाले सबैमा वित्तिय साक्षरता बढाउँदै जानुपर्ने बताए । उनले सुगम क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा पनि बैकिङ्ग सेवा विस्तार गरिसकेकाले सर्वसाधारणलाई यसबाट लाभ लिन आग्रह गरे ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १२:२६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...