back
NMB ad

बागमती प्रदेशमा कोरोना रोक्न सचिवालय निर्माण

Kumari bank ad

हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट रोकथाम गर्न बाग्मती प्रदेशमा काम सुरु गरिएको छ । शुक्रबार हेटौँडामा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठक प्रदेशस्तरिय कोरोना नियन्त्रण समितिले कोरोना रोक्न विभिन्न काम गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले हेटौडास्थित आपतकालीन केन्द्रमा समितिको सचिवालयको रुपमा विकास गर्ने र त्यसका लागि आवश्यक सामग्री प्रदेश सरकारले तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

सचिवालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने छन् । सचिवालयलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने जनाइएको छ ।

बैठकले कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न फरम्याट बनाएर १३ वटै जिल्ला प्रशासन कार्यालयमा आजै पठाउने, सवारी साधनमा आवत जावत गर्नेहरुको हकमा १३ वटै जिल्लामा सुरक्षा निकायले निगरानी राख्ने, विदेशी नागरिक र विदेशबाट फर्केको नेपाली नागरिकको पनि अभिलेख राख्ने,जिल्ला सदरमुकाममा बिहान बेलुका माइकिङ गराएर कोरोनाका बारेमा जनचेतना जगाउने निर्णय गरेको छ ।

यसैगरी, सवारीसाधन रोकिने ठाउँमा सहायता डेक्स खडा गरी राख्ने, बिद्यालय तथा बिश्वबिद्यालय विदा भएपछि काठमाडौ उपत्यकाबाट अन्य जिल्लामा जानेहरुमा हुन सक्ने संक्रमणका बारेमा निगरानी राख्ने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयम रायसहित,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । साथै प्रदेशस्तरिय कार्यालयका प्रमुख पनि सहभागी थिए ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १२:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...