back
NMB ad

बागमतीमा दुई सय वार्डको आइसोलेसन बन्दै

Kumari bank ad

काठमाडौं ।  कोरोना संक्रमणमा परेकाहरूको उपचारका लागि बागमती प्रदेश सरकारले धमाधम आइसोलेसन वार्ड बनाउन थालेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुरबाहेक १० जिल्लामा त्यस्ता वार्ड बनाइँदै छ ।

बागमतीमा बढी जनसंख्या भएकाले संक्रमणको दर पनि बढी हुने सम्भावनालाई मध्यनजर गर्दै आइसोलेसन वार्ड निर्माणमा तीव्रता दिइएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दुलालले बढी जनसंख्या भएका जिल्लामा धेरै र कम भएका जिल्लामा थोरै वार्ड तयारी गरिएको बताए ।

‘मकवानपुरको हेटौँडा र चितवनको भरतपुरमा एक सय ६० शड्ढयाको आसुलेसन कक्ष तयार हुँदै छ,’ मन्त्री दुलालले भने, ‘रसुवा, धादिङ, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र धादिङमा पाँच–पाँच शड्ढयाका वार्ड तयारी अवस्था छन ।’ हेटौँडामा ९० शड्ढयाको आइसोलेसन, १० वटा आइसियू र चितवनमा ७० शड्ढयाको आइसोलेसन कक्षको निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । ‘हेटौँडा र भरतपुरमा एक साताभित्र आइसोलेसन र आइसियू कक्ष तयार हुनेछन,’ उनले भने, ‘आइसोलेसन र आइसियू कक्षमा आवश्यक सबै सामग्री उपलब्ध हुने गरी तयारी भइरहेको छ ।’

प्रदेश सरकारले बाग्मती प्रदेशको राजधानी हेटौँडामा पाँच सय शड्ढयाको क्वारेन्टाइन बनाउने भएको छ ।  सामाजिक विकासमन्त्री दुलालले प्रदेशको राजधानी र जनसंख्याको चाप पनि बढी भएकाले पाँच सय शड्ढयाको क्वारेन्टाइन बनाउन लागिएको बताए । १० दिनभित्र क्वारेन्टाइन बनिसक्ने उनले दाबी गरे ।

हेटौँडा उपमहानगरपालिका–६ गौरीटारमा निर्माणाधीन रंगशालास्थल, हेटौँडा ११ मा रहेको हेटौँडा एकेडेमीको परिसर, कर्रा ब्यारेक र वन विज्ञान अध्ययन संस्थानको मैदानमा क्वारेन्टाइन कक्ष बनाइने उनले जानकारी दिए ।

क्वारेन्टाइनमा स्वास्थ्य उपकरण र आवश्यक सबै सामग्री राखिनेछ । सामाजिक विकास मन्त्रालयले नियुक्त गरेका एक सय २१ जना विद्यालय नर्सलाई क्वारेन्टाइनमा खटाउने मन्त्री दुलालले बताए ।

उनले क्वारेन्टाइन, आइसोलेसन र आइसियू कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने दाबी गरे । त्यसैगरी, प्रदेश सरकारले जनचेतना र सचेतना जगाउन हेल्थ नोटिससहित सूचना केन्द्र बनाउने तयारी गरेको छ ।

वि.सं.२०७६ चैत ८ शनिवार ०९:०७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...