काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगानीकर्ताहरुको अन्यौलका बाबजुद पनि नियमित शेयर कारोबार खुला गरेको छ । आइतवार कारोबार भएको पहिलो घण्टामा नेप्से शून्य दशमलव ७१ अंकले घटेको छ ।
१ हजार २६९ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ६ प्रतिशत घटेर १ हजार २६८ दशमलव ९४ विन्दुमा पुगेको छ ।
यस अवधिसम्म ८ ओटा समूहको परिसूचक मात्र कारोबारमा आएको छ । जसमध्ये जलविद्युत र अन्य समूहको परिसूचक बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।
आइतवार पहिलो घण्टाको कारोबारमा २० ओटा कम्पनीको ३६ पटकको कारोबारमा ४ हजार ९५१ कित्ताको रू. १९ लाख ६५ हजार बराबरको शेयर कारोबार भएको छ ।
यस अवधिमा एनएमबि बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. ३ लाख ८४ हजार बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ३८४ मा कारोबार भइरहेको छ ।
वि.सं.२०७६ चैत ९ आइतवार १२:११ मा प्रकाशित