वीरगञ्ज । वीरगञ्जमा एक जना प्रतिष्ठित व्यापारीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । केही दिनअघि श्रीलंकाबाट फर्किएका ती व्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको छ ।
ती व्यापारीलाई ६ दिन अघि मात्रै वीरगञ्जस्थित गण्डक अस्पतालले पटना रिफर गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जनाए ।
सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको जनाइएको छ ।
वि.सं.२०७६ चैत ९ आइतवार १९:१९ मा प्रकाशित