back
NMB ad

आईसीयुमा भर्ना भएका बिरामीको मृत्यु : भरतपुर कोरोना विशेष अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

Kumari bank ad

काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका व्यक्ति चितवन मेडिकल कलेजबाट रिफर गरिएको बिरामी भएको अस्पतालले जनाएको छ ।

कोरोना विशेष अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मृतक वीरगन्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव हुन् ।

उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको र गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना भाइरसको आशंकामा सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो ।

‘यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भइ कोभिड १९ को आशंकामा आउनु भएको थियो’, डा अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ १० गते भर्ना गरिएको उक्त विरामीको स्वाब (नमुना कलेक्सन) १० गते गते नै गरी काठमाडौं पठाइएको छ ।’

उनको १० गते दिउँसोदेखिबाट नै श्वासप्रस्वासमा समस्या बढेपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा सारिएको उनको भनाइ छ ।

तर समस्या घट्नुको साटो बढ्दै गइ मंगलबार बिहान साढे ९ बजे चिकित्सकले मृत घोषित गरेको अस्पतालले जनाएको छ । स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा रााखएको अस्पतालले जनाएको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १३:१९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...