काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड १९ को उद्गमस्थल चीनको हुवेई प्रान्तमा लकडाउन हट्ने भएको छ । नयाँ बिरामी नदेखिएको र पुराना बिरामी पनि निको हुँदै गएकाले चीनले हुवेइ प्रान्तको लकडाउन साढे २ महिनापछि हटाउने भएको हो ।
हुवेइमा आउँदो अप्रिल ८ तारिख अर्थात चैत २६ गतेदेखि लकडाउन हट्ने र हुवेइका नागरिक अन्यत्र जानसक्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यस्तै, हुवेइको यातायात सेवा भने बुधबार अर्थात मार्च २५ तारिखदेखि सुरु हुनेछ । हुवेईमा पछिल्लो ६ दिनमा एकजनामा मात्र कोरोनाको सङ्क्रमण देखिएको छ । हुवेइमा ६७ हजार ८ सय एक जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा तीन हजार एक सय ६० जनाको ज्यान गएको छ ।
वि.सं.२०७६ चैत ११ मंगलवार १३:३४ मा प्रकाशित