back
NMB ad

कोरोना परीक्षणको नतिजा अब १० मिनेटमै !

Kumari bank ad

सेनेगल । कोरोना भाइरस (कोभिड–१९)को परीक्षण १० मिनेटमै गर्न सकिने अनुसन्धानकर्ताले जनाएका छन । अल्जजिरामा प्रकाशित समाचार अनुसार यसबारे अफ्रिकी मुलुक सेनेगलको राजधानी दकारमा अध्ययन भइरहेको हो ।

यो अध्ययन सफल भए घरमै बसी १० मिनेटमै परीक्षणको नतिजा थाहा पाउन सकिने अनुसन्धानकर्ताले बताएका छन्। साथै १ डलर मात्र खर्च लाग्ने उनीहरूले बताएका छन् ।

अनुसन्धाकर्ताले यसै हप्ता यसको प्रमाणिकरण गर्ने बताएका छन् । अनुसन्धानकर्ता अमादो सालले अफ्रिकी मुलुकमा यसलाई वितरण गर्ने लक्ष्य रहेको बताएका छन्। ‘हाम्रो फोकस अफ्रिकी महादेशमा वितरण गर्ने हो’, उनले भने।

यसैगरी अनुसन्धानकर्ता जोय फिचेटले कोरोना संक्रमणको सुरुवातमै अफ्रिका पनि अछुतो रहन नसक्ने भन्दै यसबारे अध्ययन गरेको बताए। ‘जब कोभिड–१९ संक्रमण भयो त्यसको सुरुवातमै यसले अफ्रिाकालाई पनि नराम्ररी असर गर्छ भन्ने लाग्यो’, उनले भने, ‘यस्तो किसिमको परीक्षणले विश्वको जुनसुकै कुनामा पनि एकैछिनमा नतिजा पत्ता लगाउन सक्नुहुन्छ र संक्रमण फैलन रोक्न सक्नुहुन्छ ।’

यसअघि सालको टीमले बेलायती कम्पनीसँग सहकार्य गरी जन्डिस र डेन्गुको खोप विकासमा महत्वपूर्ण योगदान गरेका थिए ।यस अनुसन्धानमा पनि बेलायत र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सहयोग रहेको छ ।

वि.सं.२०७६ चैत १५ शनिवार ०७:२९ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...