back
NMB ad

अस्पतालको प्राङ्गणमा छट्पटाउँदै गरेकी आमालाई एम्बुलेन्समा बोक्न मानेनन्…

Kumari bank ad

जनकपुरधाम । धनुषाधामको मुलाबारीकी ४५ वर्षीय मरनी देवी सदा शुक्रबार बिहान सिकिस्त बिरामी भइन्। पहिलादेखि नै मुटुरोगी सदालाई ज्वरो आएर स्वास फेर्ने गाह्रो भयो ।

बिरामी आमालाई छोरा कारी सदाले उपचारका लागि जनकपुरधाम उपमहानगरपालिका-८ स्थित गोदावरी मोर्डन अस्पतालमा भर्ना गराए। तर, त्यहाँ चिकित्सकहरुले मरनीलाई डाइगनोशिस गर्दा कोरोना भाइरस कोभिड–१९ भनेर लेखिदिए । यस अस्पतालमा उपचार सम्भव नरहेको भन्दै ‘रेफर टु बेटर सेन्टर’ पूर्जामा लेखेर प्रादेशिक अस्पताल जनकपुर लैजान सुझाए ।

बिहान १० बजे कारी जेनतेन आमालाई अटोमा राखेर प्रादेशिक अस्पतालमा ल्याए। आइसियुमा भर्ना गराउन गए । तर, चिकित्सहरुले प्राइभेट अस्पतालको पूर्जा हेरेपछि बिरामी मरनीलाई आइसियुको ढोकामा समेत छिर्न दिएनन् ।

आमाको स्वास्थ्य अवस्था बिग्रिदै गएको देखेपछि छोरा कारी भक्कानिदैं चिकित्सकहरुलाई गुहारे। तर, कसैले छुन समेत मानेन । उनले आमालाई अस्पतालको परिसरमा रहेको सेडमा सुताए र सहायता खोज्न चारैतिर दौडे ।

सोही बेला प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव आइपुगे। आमाको अवस्था देखाउँदै कारीले मेसु यादवलाई आइसियुमा भर्ना लिइदिन अनुरोध गरे। तर मेसु यादवले पनि उनलाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्दै अस्पतालबाट १२ किलोमिटर टाढा नगराइन-५ गंगुलीमा हाल निर्माणाधिन क्षेत्रिय क्वारेन्टाइनमा लैजान सुझाव दिए।

क्वारेन्टाइनसम्म लैजान एम्बुलेन्स चाहियो भन्दै कारी अस्पताल अगाडी उभिएका एम्बुलेन्स चालकहरु समक्ष पुगे । तर कसैले पनि उनको आमालाई एम्बुलेन्समा बोक्न मानेनन् । उनी रेडक्रसको भवनमा हानिए। तर, त्यहाँका चालकले पनि नगराइनसम्म लैजान मानेनन । चारैतिरबाट हतास भएर कारी बिरामी छट्पटाउँदै गरेको आमा नजिकै गएर असमर्थ भई रुँदै बसे ।

एकातर्फ कोरोनाको कुनै पनि लक्षण देखिए अस्पताल जानुस् भन्दै सरकारले आह्वान गरिरहँदा अर्कोतर्फ जनकपुर स्थित प्रादेशिक अस्पतालले रुघाखोकीका बिरामी देख्दा एम्बुलेन्सबाट ओर्लिनसमेत दिएको छैन । ‘सेफ्टी इक्युपमेन्टनै छैन् चिकित्सकका लागि,’ मेसु यादव भन्छन्, ‘रुघाखोकी र ज्वरोका बिरामी आएपछि उनीहरुको ट्राभल हिस्ट्र हेरेर भर्ना गर्ने वा नगर्ने निर्णय चिकित्सकहरुले लिइरहेका छन्।’ ‘कोही यदि भारत वा अन्य देशबाट आएका छन् र कोरोनाको लक्षण देखिरहेका छन् भने त्यस्ता बिरामीलाई सोझै क्वारेन्टाइनमा लैजान भन्छौं।’

यता प्रदेश-२ को गंगुलीमा रहेको क्षेत्रिय क्वारेन्टाइनको अवस्था पनि दयनिय छ। लामो समयदेखि बन्द रहेको मिथिला आर्युवेद कलेजको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ।

कोठाहरुमा एक, दुई वटा बेड बाहेक कुनै मेडिलक उपकरण र चिकित्सक शुक्रबार बिहानसम्म उपलब्ध थिएनन्। प्रदेश(२ स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह भन्छन, ‘स्रोत साधनको निकै अभाव छ ।

यहाँ कसैलाई भर्ना गरियो भने उनीहरुको स्वाबको नमूना संकलन गरि टेस्टका लागि काठमाडौं पठाउँनुपछ र्श । त्यहाँबाट आएको परिणामले पोजेटिभ देखायो भने उपचारमा लैजाने होइन् भने औषधी दिएर घर फर्काउछौं।’(अन्नपूर्ण पोष्टबाट )

वि.सं.२०७६ चैत १५ शनिवार ०७:५५ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...