back
NMB ad

नेपाल एयरलाइन्सको जहाज श्रीलंका र अष्ट्रेलिया जाने

Kumari bank ad

काठमाडौं । नेपाल एयरलाइन्सले अष्ट्रेलिया र श्रीलंका उडान गर्ने भएको छ । लकडाउनपछि नेपालमा अलपत्र परेका सम्बन्धित देशका नागरिकलाई र्पुयाउनका लागि नेपाल एयरलाइन्सले विशेष उडान गर्ने भएको छ ।

नेपालमा भएका कुटनीतिक नियोगहरुले आफ्ना नागरिक लिनका लागि विभिन्न एयरलाइन्सका उडान बुक गरिरहेका छन् । त्यस्तै अष्ट्रेलिया र श्रीलंकाले नेपाल एयरलाइन्सको जहाज लिने भएका छन्।

नेपाल एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनकाअनुसार अष्ट्रेलिया वाइडबडी जहाज जाने छ ।  जुहार्चनकाअनुसार अष्ट्रेलिया अप्रिल १ मा उडान हुने छ । त्यस्तै श्रीलंकाका लागि अप्रिल ८ मा उडान हुने छ ।

नेपालस्थित अष्ट्रेलियन दुतावासले उक्त उडानका लागि इकनोमी क्लासका लागि १८०० अमेरिकी डलर र विजनेस क्लासका लागि २३०० डलर भाडा लाग्ने जानकाकरी गराएको छ ।

दुतावासले फेसबुकमार्फत् उक्त उडान अप्रिल १ मा हुने जानकारी गराएको छ। दुतावासले अहिलेसम्म १९० जना यात्रीले बुक गराइसकेको जानकारी गराएको छ । उसले हाल ४०७ जना अष्ट्रेलियन नेपालमा भएको र जान चाहने सबैलाई फ्लाइट बुक गर्न आव्हान गरेको छ ।

बेलायत र सयुक्त राज्य अमेरिकाले नि विशेष उडानका लागि सरकारसमक्ष अनुमति माग गरिसकेका छन्। तर उनीहरुले कुन एयरलाइन्सको जहाज लिने भन्ने टुंगो लागेको छैन।

वि.सं.२०७६ चैत १६ आइतवार १२:३३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...