back
NMB ad

बेलायतमा लकडाउन १२ हप्तासम्म जान सक्छ !

Kumari bank ad

एजेन्सी । बेलायतमा कोभिड–१९ को कहर जारी छ र त्यहाँ एक हजार १९ जनाको मृत्यु भइसकेको छ । सोमवारदेखि देशमा तीन हप्ताको बन्दाबन्दी लगाइएको छ ।

तर, मानिसहरूले अटेरी गरेर घरबाट निस्कने गरेको अनि सामाजिक दूरीको पालन राम्ररी नगरेको पाइएपछि लकडाउन १२ हप्तासम्म लम्ब्याउन सकिने आकलन गरिएको छ ।

राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोनसन र हेल्थ सेक्रेटरी म्याट ह्यानककमा कोरोनाभाइरस पोजिटिभ भेटिएको छ । स्वास्थ्य सेवा, सामाजिक स्याहार, औषधि पसल, प्रहरी र दमकल सेवा बाहेक सबै सार्वजनिक र निजी कार्यालय बन्द गरिएको छ ।

सामाजिक दूरी अपनाउनका लागि लगाइने प्रतिबन्ध १२ हप्तासम्म तन्काउन सकिने बताइएको छ । सबै अनावश्यक यात्रालाई रोकिएको छ । बेलायत आउनेजाने ९० प्रतिशत उडान रद्द गरिएको छ । सबै विद्यालय मार्च २० बाट नै बन्द गरिएका छन् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) स्वास्थ्य परीक्षण गराउन, अस्पताल तयार पार्न र समुदायमा भाइरस फैलिनबाट रोक्नका लागि संघर्ष गरिरहेको छ ।

अस्पतालका ओपीडीहरू लगभग बन्द छन् । बिरामीहरूलाई टेलिफोन वा भिडियो कन्फरेन्सिङमार्फत परामर्श लिन भनिएको छ । कम जरूरी शल्यक्रिया बन्द गरिएका छन् ।

सबै अस्पतालमा कोभिड–१९ एरिया र आइसोलेसन एक्सन प्लानका साथै शय्याहरूको व्यवस्था गरिएको छ । आईसीयूलाई इन्टेन्सिभ ट्रमा युनिटमा परिवर्तन गर्नका लागि सबै आवश्यक उपकरण उपयोग गरिँदैछ । तैपनि कतिपय अस्पतालले पर्याप्त मात्रामा व्यक्ति सुरक्षा उपकरण स्वास्थ्यकर्मीहरूलाई दिन सकेका छैनन् ।

प्रहरीले कडीकडाउ गरिरहेको छ । अनावश्यक रूपमा बाहिर निस्कनेमाथि एक हजार पाउन्डको जरिवाना लगाइएको छ । सुपरमार्केटमा सामानहरू सकिँदै गएपछि मानिसहरूलाई समझदारी अपनाएर खरिद गर्न आग्रह गरिएको छ ।

कोरोनाका कारण काम गर्न जान नपाएर तलब खान समस्यामा परेकालाई अर्थमन्त्री ऋषि शुनकले तलबको ८० प्रतिशतसम्म दिने हिसाबमा आर्थिक प्याकेज स्वीकृत गरेका छन् ।

तर आगामी केही महिनासम्म यस महामारीले कस्तो रूप लिने हो भन्ने चिन्ता कायम छ । भाइरस पूरै संसारबाट नहराएसम्म जोखिम कायमै रहने विशेषज्ञहरूको राय छ ।

वि.सं.२०७६ चैत १६ आइतवार १३:५८ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...