back
NMB ad

बागमती प्रदेशमा ६ सय २३ शैयाको आइसोलेसन तयार

Kumari bank ad

काठमाडौं ।  बागमती प्रदेशमा ६ सय २३ शैयाको आइसोलेसन तयार पारिएको छ । आइतबारसम्म प्रदेशमा ६ सय २३ तयारी अवस्थामा रहेको र एक सय ७२ शैयाको आइसोलेसन तयारीको क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले एक सय ४८ वटा आइसियू वार्ड तयारी अवस्था रहेको जनाएको छ । २३ वटा आइसियू तयार पारिँदै छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा दुई हजार ७५ शय्या क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । तयार पारिएको क्वारेन्टाइनमा हाल पाँच सय ८९ जना बसिरहेका छन् ।

मन्त्रालयले आइतबारसम्म तयार पारेको तथ्यांकअनुसार एक हजार सात सय १४ जना स्वास्थ्यकर्मी तयारी अवस्था रहेका छन् । प्रदेशका जिल्लाहरूमा कार्यरत कन्सल्टेन्ट फिजिसियन ७१, मेडिकल अफिसर दुई सय ५१, एनेस्थेसियोलोजिस्ट ३१, नर्सिङ सुपरभाइजर ३४, स्टाफ नर्स सात सय १३, नर्स एसिस्टेन्ट चार सय ५७, प्रयोगशालाकर्मी रएक सय ५७ जना तयारी अवस्था रहेको मन्त्रालयको दाबी छ ।

त्यसैगरी मन्त्रालयले प्रदेशमा हाल चार सय १२ सेट पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) रहेको जनाएको छ । मन्त्रालयले अब स्थ्यकर्मीका लागि तीन हजार एक सय ८५ वटा आवश्यक रहेको उल्लेख गरेको छ ।

८३ जनाको स्वाब परीक्षण 

मन्त्रालयका अनुसार हालसम्म ८३ जनाको स्वाब परीक्षण गरिएको छ । कोरोना संक्रमितको आशंका गरिएको ८३ जनाको स्वाब परीक्षण गरिएको हो ।

बागमती प्रदेशका जिल्लाहरूबाट संकलनपछि परीक्षण गरिएको स्वाबमध्ये ६५ जनाको रिपोर्ट प्राप्त भइसकेको छ । सबैजनाको नेगेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आइतबार मात्र १९ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।

३० जना शंकास्पद बिरामी आइसोलेसनमा

३० जना शंकास्पद बिरामीलाई प्रदेश सरकारको निगरानीमा आइसोलेसनमा राखिएको छ । ती बिरामीको अवस्थाबारे मन्त्रालयले बारम्बार जानकारी लिइरहेको र विशेष निगरानीमा राखिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताए ।

उनका अनुसार आइतबार मात्र नौजना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएकामध्ये १४ जनालाई घर पठाइएको र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको स्वास्थ्य महाशाखा प्रमुख विष्टले जानकारी दिए । (नयाँ पत्रिकाबाट)

वि.सं.२०७६ चैत १६ आइतवार २०:३४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...