back
NMB ad

एनआईसी एशिया बैंकको ग्राहक सहायता केन्द्र सञ्चालन

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ । देशव्यापी लकडाउन (बन्दाबन्दी)को परिस्थितिलाई दृष्टिगत गरी बैंकले प्रादेशिक तथा उप–प्रादेशिक तहमा केन्द्र सञ्चालन गरेको बताएको छ ।

ग्राहकलाई परेको विभिन्न समस्या फोनबटै समाधान गर्ने प्रयासस्वरुप ‘ग्राहक सहायता केन्द्र’ सञ्चालन गरेको बैंकको भनाई छ । सहायता केन्द्रबाट ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आप्mनो बैंकिङ समस्या तथा गुनासोको समाधान पाउन सक्ने बैंकले बताएको छ ।

बैंकले प्रदेश १ को बिराटनगर, इटहरी, धरान, दकम र विर्तामोडमा यस्तो केन्द्र सञ्चालनमा ल्याएको छ । यस्तै प्रदेश २ को वीरगञ्ज, चन्द्रनिगाहपुर, हरिऔन, जनकपुर र लहान तथा बागमती प्रदेशको महाराजगञ्ज, कमलादी, न्यूरोड, पुल्चोक, नरायणगढ, बालाजु, भक्तपुर, थानकोट, चाबाहिल र कर्पोरेट कार्यालयमा पनि सहायता केन्द्र सञ्चालन गरेको छ ।

यस्तै गण्डकी प्रदेशको गैडाकोट, बागलुङ, दमौली र पोखरा तथा प्रदेश ५ को भैरहवा, बुटवल, नेपालगञ्ज, देवीनगर, र घोराहीमा पनि केन्द्र सञ्चालन गरेको बैंले बताएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढी, डडेलधुरामा सञ्चालन गरिएको छ । बैंकको सबै प्रादेशिक कार्यालयमा पनि यो सेवा उपलब्ध गराइएको बैंकको भनाई छ ।

वि.सं.२०७६ चैत १७ सोमवार ०७:३४ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...