back
NMB ad

लकडाउनको अवधिमा बालिकासहित २ जना बलत्कृत

Kumari bank ad

रौतहट । रौतहटमा एक हप्ताको अबधिमा ८ बर्षिय बालिका २ जना बलात्कारको शिकार भएका छन ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उदेश्यले राज्यले लकडाउन गरेको अबस्थामा रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन नबित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कार भएकी हुन ।

फतुवा बिजयपुर नगरपालिका वडा ५ फतुवा गाँउका प्रताप पासवानका १८ बर्षिय छोरा नवल पाश्वानले आफनो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिवार राती घर बाट नजिकैको किराना पसलका खाने तेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पासवानले समातेर नजीकैको गलीमा लगेर जबरदस्ती करणी गरेका थिए ।

सो क्रममा पिडित बालिका रोए कराएपछी सुुनेर स्थानियले पाश्वानलाई पक्राउगरी प्रहरीमा खबर गरेका थिए । खबर लगतै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे प्रहरी निरिक्षक साहले आज सोमवार सार्वजनिक गरेका छन ।

आरोपी नवल पाशवानमाथी बालयौन दुराचार संबन्धी मुद्धा गर्दागरी अदालत बाट आदेश लिएर अनुसंधान प्रकृया अगाडी बढाईएको प्रहरी निरिक्षक साहले बताएका छन । पिडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

यता गत चैत्र १३ गते कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीय किशोरीलाई २८ वर्षीय भाग्यनारायण साहलले बलात्कार गरेको आरोप छ । साहले दुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफनो घरमा बोलाएका थिए । घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी साहले दिउसै ढोका थुनेर बलात्कार गरेका थिए ।

बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक संजालमा राखिदिने भन्दै साहले पटक पटक धम्की दिँदै आएका थिए । पीडितले घटनाबारे बाबु आमालाई बताएपछि घटना बाहिर आएको थियो ।ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्तीकरणी मुद्दा दर्ता भएको र भिडिओ बारे थप अनुसंधान भइरहेको बताए । (राजधानी दैनिकबाट)

वि.सं.२०७६ चैत १७ सोमवार ०९:२४ मा प्रकाशित

You can share this post!

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु   

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:३९

किमाथाङ्का (सङ्खुवासभा), २९ वैशाख : सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो...

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा   

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:३४

अच्युत रेग्मी काठमाडौँ, २९ वैशाख : मुगु जिल्लाको छाँयानाथ रारा...