back
NMB ad

भारतबाट फर्किएका पुरुष घर पुगेपछि परिवार नै बिरामी, आइसोलेनस वार्डमा राखेर उपचार गरिँदै

Kumari bank ad

सल्यान । वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।

लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो । भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो ।

उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र पाँच वर्षीया छोरी तथा आठ वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि राति सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको हो ।

जिल्ला अस्पताल सल्यानको आइसोलेशन वार्डमा राखेर उपचार गरिएका पाँचै जनाको अवस्था सामान्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिनुभयो ।

“उहाँलाई भारतबाट आउनुँभन्दा एक महिना अगाडिदेखि नै ज्वरो आएको रहेछ, परिवारका अन्य चार जनामा ज्वरो देखिएको छैन, सबैजनाको अवस्था सामान्य रहेको छ”, डा बुढाले भन्नुभयो ।

भर्ना भएकाहरुमा कोरोनाको लक्षण नदेखिए पनि सवैको स्वाब परीक्षणका लागि संकलन गरेर पठाउने तयारी भइरहेको डा बुढाले जानकारी दिनुभयो ।

वि.सं.२०७६ चैत १७ सोमवार १०:५९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...