back
NMB ad

अब अनलाइनबाटै सवारी पास लिन सकिने, यस्तो छ प्रक्रिया

Kumari bank ad

काठमाडौं । कार्यालयबाट दिँदै आएको सवारी पास जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबारदेखि अनलाइनबाटै दिने व्यवस्था गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सर्तकर्ता अपनाउँदै प्रविधिको प्रयोग गरी सवारी पास दिने व्यवस्था मिलाएको हो ।

सरकारले लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सवारी चलाउन पाउने व्यवस्था गरेको छ । सो पास कार्यालयमा स्वयंम व्यक्ति आएर नलिई समाजिक सञ्जाल फेसबुक म्यासेन्जर, भाइबर र इमेलबाट लिन सकिने जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

पास लिने व्यक्तिले आवश्यक विवरण पठाउनुपर्ने र आवश्यकताको आधारमा पासको व्यवस्था गरिने अधिकृत पाण्डेले बताए । पास लिन कार्यालयमा आउँदा समस्या हुने गरेको र भीडभाड पनि हुने भएकाले प्रविधिलाई सदुपयोग गरी पासको व्यवस्था गरिएको हो ।

पासका लागि कारणसहितको निवेदन, सवारी प्रयोग गर्ने व्यक्तिको नाम, कहाँदेखि कहाँसम्म जानुपर्ने र सवारीको ब्लुबुक, सवारी चालक अनुमतिपत्र लगायतको प्रमाणहरु पठाउनुपर्नेछ ।

वि.सं.२०७६ चैत १८ मंगलवार ०७:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...