back
NMB ad

लकडाउनका तीन दिनमा ग्राहकले बैंकबाट साढे ३ अर्ब झिके

Kumari bank ad

काठमाडौँ । सरकारले पहिलो पटक ‘लकडाउन’ घोषणा गरेपछिका तीन दिन (गत मंगलबार, बुधबार र बिहीबार) सर्वसाधारणले करिब साढे ३ अर्ब रुपैयाँ बैंकबाट झिकेका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमबाट बच्न सरकारले नागरिकलाई घरमै बस्न निर्देशन दिएपछि एटीएम र बैंकको काउन्टरबाट निकालिएको रकम हो यो । उक्त रकम वाणिज्य बैंकहरूबाट मात्र झिकिएको हो ।

लकडाउनको समयमा आवश्यक सामग्री खरिद गर्न, आपत्कालीन अवस्थालगायत कामका लागि ग्राहकले पैसा निकालेका हुन् । सो अवधिमा ग्राहकले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट पनि रकम निकालेका छन् । उक्त तथ्यांक यहाँ समावेश छैन । उक्त रकम पनि जोड्दा ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट निकालेको रकम धेरै हुन आउँछ ।

सरकारले पहिलो चरणमा गत मंगलबार (चैत ११ देखि १६ सम्म) लकडाउन घोषणा गरेको थियो । लकडाउन सुरु भएपछिका तीन दिनमा एटीएमबाट १ अर्ब १७ करोड २६ लाख र चेकमार्फत २ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ नगद निकालिएको राष्ट्र बैंकको तथ्यांक छ ।

बैंकबाट झिकिएको रकम काठमाडौं उपत्यकाभन्दा मोफसलमा धेरै छ । एटीएमबाट झिकिएको रकममध्ये काठमाडौं उपत्यकाभित्र ५५ करोड ७४ लाख रुपैयाँ छ । बाँकी ६१ करोड ५१ लाख रुपैयाँ मोफसलका ग्राहकले निकालेका छन् ।

यसैगरी चेकबाट पनि काठमाडौं उपत्यकाभन्दा मोफसलमा धेरै रकम निकालिएको छ । तीन दिनमा काठमाडौं उपत्यकाभित्रका बैंकका काउन्टरबाट ७३ करोड ६ लाख रुपैयाँ र उपत्यकाबाहिरबाट १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ नगद झिकेको देखिन्छ ।

यो अवधिमा ग्राहकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पोओएसलगायत विद्युतीय माध्यमबाट पनि ठूलो कारोबार गरेका छन् । ती माध्यमबाट ठूलो परिमाणमा कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । (कान्तिपुर दैनिकबाट)

वि.सं.२०७६ चैत १८ मंगलवार ०७:४१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...