back
NMB ad

कोरोना संक्रमणको परीक्षण गर्न जुम्लाबाट चार जनाकाे स्वाब काठमाडौं पठाइयो

Kumari bank ad

काठमाडौं । जुम्लामा कोराना भाइसरको संक्रमणको आंशका गरिएका चार जना बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चार दिनदेखि आइसोलेसनमा भर्ना भएका दुइ जना र तातोपानी गाउँपालिकाको लाम्रा र कालिकोटको नाग्म क्वारेन्टाइनमा बसेका एकरएक जना गरी चार जनाको ‘स्वाब’ परिक्षणका लागि काठमाडौं पठाइएको हो ।

‘उच्च ज्वारो आएका चार जना बिरामीको स्वाब संकलन भएको थियो’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने, ‘सोमबार नै एम्बुलेन्सबाट स्वाब नेपालगन्ज पठाइसक्यौं ।’ मंगलबार काठमाडौंबाट विमान नेपालगन्ज आउने र परीक्षणाका लागि नमूना लैजाने उनले बताए ।

जुम्लामा पनि कोरोनाको नमूना परीक्षण गर्न पहल भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले जानकारी दिए । ‘जुम्लामा भारतबाट आएकाहरुको संख्या धेरै छ । निकै कम मान्छे मात्र क्वारेन्टाइनमा बसेका छन् । धेरै जनाको कोरोना परीक्षण गर्नुपर्ने देखिन्छ,’ उनले भने ‘अहिले हामीसँग स्वाब संकलन गर्ने भिटिएम १० पिस मात्रै छ ।

४ जनाको परीक्षणका लागि पठाएका छौं । अब ६ वटा मात्रै नमुना संकलन गर्ने किट बाँकी छ, त्यसैले जुम्लामा नै नमूना परीक्षण गर्न मिल्ने ब्यवस्था गर्न जरुरी छ ।’

वि.सं.२०७६ चैत १८ मंगलवार १३:०८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...