back
NMB ad

कोरोना भाइरस : विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

Kumari bank ad

काठाडौं । मानिसहरूलाई कोरोना भाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे ।

आफ्नो ’आविष्कार’ को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो । डा. ड्यान्यल रिएर्डन नामका ती खगोलभौतिकशास्त्री मानिसले हात अनुहारनजिक र्पुयाउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए। तर उनले सोचे जस्तो भएन।

“मेरो आविष्कारको उल्टो प्रभाव भयो । चुम्बक नजिकै हुँदा यसले आवाज निकालिराख्यो,“ उनले भने, “मैले आफू समस्यामा परेको थाहा पाएँ।“ “म हाँसे र केही बेर काम गरिनँ,“ उनले बीबीसीलाई भने ।

“अनि मैले केही नसोचीकन अनुहारमा चुम्बकहरू राख्न थालेँ । पहिला कानका लोतीमा, त्यसपछि नाकभित्र ( चुम्बकका मुन्द्राजसरी।““नाकको अर्को प्वालमा चुम्बकहरू राखेपछि समस्या भयो । ती सँगै टाँसिए र नाकेहाडमा चुम्बकहरू अड्किए!“

“पहिला दुख्यो तर म धेरै आत्तिइनँ,“ उनले भने, “तर ती (चुम्बक) हटाउन त्यति सजिलो नहुने ठम्याएपछि म चिन्तित भएँ।“ “बाँकी दुइटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउने निरर्थक प्रयास गर्दा ती पनि अड्किएपछि मलाई आफू समस्यामा परेको थाहा भयो।“

तर आफैँ त्यस परिस्थितिबाट मुक्त हुने उनले प्रयास गरे। तार च्याप्ने औजार पनि उपयोगी भएन । “त्यो औजार मेरो नाकतिर आकर्षित भइराख्यो। अनि नाक तानिँदाको बल पीडादायी थियो।“

त्यति बेला बल्ल उनलाई अस्पताल गएको भयो हुन्थ्यो भन्ने लाग्यो । उनी मेल्बनस्थित् एउटा स्थानीय अस्पताल गए ।“उनीहरू (चिकित्सकहरू) लाई यो गजब हो भन्ने लाग्यो,“ उनले भने, “हाँसेर उनीहरूले सोधे ( नाकमा किन त्यति धेरै चुम्बक हालेको?“

चिकित्सकहरूले उनको नाकबाट सबै चुम्बक निकालिदिए । अहिलेका लागि उनको उपकरण बनाउने योजना स्थगित भएको छ । हाँस्दै उनले भने, “म यो काम कोही क्षमतावान् व्यक्तिलाई गर्न दिन्छु।“ –विविसी

वि.सं.२०७६ चैत १८ मंगलवार १३:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...