back
NMB ad

२०७७ सालमा ६७ दिन सार्वजनिक बिदा, दसैँमा पाँच र तिहारमा तीन दिन

Kumari bank ad

काठमाडौ । ०७७ सालमा शनिबारसहित राष्ट्रिय रूपमा ६७ दिन राष्ट्रिय बिदा हुने भएको छ । आगामी वर्ष ५२ दिन शनिबारबाहेक अन्य १५ दिन मात्र देशव्यापी रूपमा बिदा हुनेछ । सोमबार राजपत्रमा सूचना निकाली सरकारले २०७७ सालका बिदा सार्वजनिक गरेको हो ।

२०७६ साल र आगामी वर्षको बिदामा कुनै हेरफेर गरिएको छैन । विभिन्न धर्मावलम्बीहरूले मनाउने चाडमा सम्बन्धित धर्मावलम्बी समुदायलाई मात्र बिदा दिने निर्णय कायमै राखिएको छ । राष्ट्रिय पर्वमा दसैँ र तिहारबाहेक चार दिन मात्र बिदा हुनेछ ।

नव वर्ष (१ वैशाख), महाशिवरात्रि (२७ फागुन) र फागुपूर्णिमा (पहाडमा १५ चैत, तराईमा १६ चैत) मा मात्र बिदा हुने भएको छ । २५ वैशाखमा पर्ने बुद्ध जयन्तीमा पनि देशव्यापी बिदा हुने निर्णय गरिएको छ । १९ वैशाखमा पर्ने विश्व मजदुर दिवस, ३ असोजको संविधान दिवस र २४ फागुनको अन्तराष्ट्रिय महिला दिवसमा पनि देशव्यापी सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

विगतमा जस्तै दसैँमा पाँच दिन र तिहारमा तीन दिन बिदा हुनेछ । जसअनुसार यो वर्षमा दसैँमा ७ देखि ११ कात्तिक र तिहार २९ कात्तिकदेखि १ मंसिरसम्म बिदा हुनेछ ।

उपत्यकाका चार दिन जात्राको बिदा हुनेछ । २० साउनमा गाईजात्रा, १६ भदौमा इन्द्रजात्रा, २९ चैतमा घोडेजात्रा र भोटो देखाउने जात्रामा उपत्यकामा बिदा हुनेछ ।

२५ कात्तिकको फाल्गुनन्द जयन्ती र १५ मंसिरको गुरुनानक जयन्तीमा सम्बन्धित धर्मावलम्बीहरूलाई मात्र बिदा हुनेछ । १५ जेठको गणतन्त्र दिवस, २२ भदौको निजामती सेवा दिवस, २७ पुसको राष्ट्रिय एकता दिवस, १६ माघको सहिद दिवस र ७ फागुनको प्रजातन्त्र दिवसलाई राष्ट्रिय रूपमा मनाउने, तर कार्यालयहरू खुल्नेछन ।

त्यस्तै, तीज (५ भदौ) मा महिलालाई, तथा २५ भदौमा जितिया पर्व मनाउने महिलालाई बिदा हुनेछ । वसन्त पञ्चमीमा शैक्षिक संस्थाहरू बन्द हुनेछन । १८ मंसिरमा पर्ने अन्तराष्ट्रिय अपांगता दिवसमा अपांगता भएका कर्मचारीले बिदा पाउनेछन ।

१२ दिन विभिन्न समुदायलाई बिदा

विभिन्न धर्म र समुदायका व्यक्तिहरूले आफूहरूको चाडमा सार्वजनिक बिदा दिन माग गरे पनि सरकारले सम्बन्धित समुदायलाई मात्र दिने भएको छ ।

यस्ता बिदा १२ दिन हुनेछन् । २५ वैशाखमा उभौली, १० भदौमा गौरा पर्व, ५ मंसिरमा छठ पर्व, १० पुसमा क्रिसमस, १५ पुसमा तमु ल्होसार, १ माघमा माघे संक्रान्ति तथा माघी, ३० माघमा सोनाम ल्होसार, १ चैतमा पर्ने ग्याल्पो ल्होसारमा सम्बन्धित समुदायलाई बिदा हुनेछ ।

त्यस्तै, पछि मिति तय हुने पर्वहरू इद, बकर इद, सिरुवा पावनी र धवथाम्बु छेउचिक पर्वमा केही जिल्लामा मात्र बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

धेरै सार्वजनिक बिदाका कारण देशको अर्थतन्त्रमै असर परेको भन्दै दुई वर्षयता सरकारले विभिन्न समुदायले मात्र मनाउने पर्व र विभिन्न जन्मजयन्तीको बिदा कटौती गरेको हो ।

वि.सं.२०७६ चैत १९ बुधवार ०८:२३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...