back
NMB ad

स्वास्थ्य मन्त्रालयलाई एक हजार थान पीपीई प्रदान

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको बताउनुभएको छ ।

कोरोना भाइरस विरुद्ध प्रयोग हुने पीपीईलगायतका स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले आग्रह र पूर्वाग्रहबाट माथि उठेर देश जोगाउनका लागि सवै लाग्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाविरुद्धको लडाईंमा सरकार एक्लैले केही गर्न नसक्ने भन्दै सवैको सहयोगबाट नै कोरोनाविरुद्धको लडाई जित्न सकिने बताउनुभयो ।

सो अवसरमा शहरीविकास राज्यमन्त्री रामवीर मानन्धरको समन्वयमा स्वास्थ्य मन्त्रालयलाई ३ सय थान तथा नेपाल भारत मानव मैत्री संघ का तर्फबाट सात सय थान पीपीई प्रदान गरिएको थियो । उक्त पीपीई बुझ्दै मन्त्री ढकालले संकटको घडीमा सानासाना सहयोगले पनि धेरैको ज्यान बचाउन सकिने बताउनुभयो ।

त्यसक्रममा मन्त्री ढकालले विश्व नै कोरोनाभाइरस विरुद्ध लडिरहेका बेला यसको लडाईमा अघिल्लो पंक्तिमा बसेर काम गर्ने चिकित्साकर्मीहरुको मनोवल बढाउन पनि यस्ता सुरक्षा सामग्रहीहरु उपलव्ध गराउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले केहीसामग्रीहरु प्राप्त भएपनि कही सामग्रीहरु अझे ल्याउने काम गरेको बताउनुभयो ।

त्यस्तै उहाँले अभाव नै अभावका वीच पनि सरकारले सातै प्रदेशमा ल्याव विस्तार र कोरोना परीक्षण गर्ने काम गर्न सफल भएको बताउनुभयो । उहाँले लकडाउनको अन्तिम अव्स्थामा रहेको भन्दै रोग फैलन नदिन सरकारले जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै कोरोनाविरुद्ध विजय हासिल गर्नुको विकल्प नभएकाले सवैको हाते मालो अनिवार्य भएको मन्त्री ढकालको भनाई छ ।

वि.सं.२०७६ चैत २३ आइतवार १६:०१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...