काठमाडौं । विं. सं. २०७७ मा शनिबारबाहेक २५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा कार्यरत कर्मचारीले दशैंमा ५ दिन र तिहारमा तीन दिन बिदा पाउने भएका हुन ।
दशैं बिदा फुलपातीको दिन कात्तिक ७ गतेदेखि ११ गतेसम्म हुनेछ । त्यस्तै तिहार बिदा लक्ष्मीपूजा (कात्तिक २९ गते)देखि भाइटीकाको दिन (मंसिर १) सम्म हुनेछ ।
सबैले २५ दिन अनिवार्य बिदा पाउनुका साथै सम्बन्धित धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै पनि सार्वजनिक बिदा दिने सूची सार्वजनिक भएको छ । यस्तो बिदा १० वटा धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका बैंकरहरूले प्राप्त गर्न सक्नेछन् ।
विदा सम्वन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ चैत २३ आइतवार १६:१४ मा प्रकाशित