back
NMB ad

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको नमुना परीक्षण नेगेटिभ

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।

आईतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको पुष्टि गरेका हुन् ।

सरकारले अन्तर्रा्ष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

डा.देवकोटाले आईतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाडौं बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भइरहेको जानकारी दिए ।

उनले चितवनमा नमुना परीक्षण टेष्टको काम भइरहेको र बुटबलमा सोमबारदेखि सुरु हुने जानकारी दिए । काठमाडौंमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा छन् । मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन् ।

आइतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र तीमध्ये २४ वटा विवरण रेड जोनमा परेका छन् । योसँगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ ।

उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्वारेन्टाइनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्या्पिट टेष्टबाट कोभिड १९ को परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशनअनुसार सम्बन्धित निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी दिए ।

क्वारेन्टाइनको गुणस्तर कायमका लागि सरकारले बनाएको मापदण्डअनुसार हुनुपर्ने र सो भए नभएको अनुगमन भइरहेको पनि उनले स्पष्ट पारे ।

उनले अझै पनि विरामीहरुले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम नरोकिएको भन्दै उनले आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई पुन सचेत गराए । उपचार नपाएर एउटा अस्पतालबाट अर्कोमा जाने अवस्था श्रृजना नगर्न पनि उनले आग्रह गरे ।

उनले बाहिरबाट आएका संक्रमित व्यक्तिले आफ्ना परिवारलाई सारेको अवस्थामा बाहिरबाट आएकाहरु क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने विषयलाई गम्भीर रुपमा पालना गरि परिवार, समाज र राष्ट्रप्रति जिम्मेबार बन्न आग्रह गरे ।

वि.सं.२०७६ चैत २३ आइतवार १७:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...