काठमाडौं । सरकारले घोषणा गरेको लक डाउन अवधि वैशाख ३ गतेसम्म सेयर कारोबार बन्द नै हुने भएको छ ।
सरकारले घोषणा गरेको लक डाउनको समयसम्म लगानीकर्ता, बजार सञ्चालक लगायत सरोकारवाला सबैको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ ।
सरकारको पछिल्लो निर्णय अनुसार अब वैशाख ३ गतेसम्म लक डाउन हुनेछ । यसर्थ अब सोही अवधिसम्म सेयर बजार बन्दले पनि निरन्तरता पाउनेछ ।
वि.सं.२०७६ चैत २५ मंगलवार १४:५१ मा प्रकाशित