back
NMB ad

जन्म दिने आमालाई मारेर सवारी पास !

Kumari bank ad

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन्। त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन्।

यस्तै एउटा घटना ललितपुरमा भएको छ । आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ ।
लकडाउनको समयमा झुठो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि ललितपुरबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको सुरुंगा घर भई ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो विवरण पेश गरी सवारी पास लिएको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले चैत २४ र २५ गतेका लागि ३–०८–००५ ख ९१९८ नम्बरको बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सरकारले कोभिड–१९ को संक्रमण रोक्न यही चैत ११ गतेदेखि अत्याश्यक काम बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश आजदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ ।

यो अवधिमा मानिसको आवतजातलाई रोक्दै अत्यावश्यक कामका लागि मात्र जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयबाट पासको व्यवस्था मिलाइएको थियो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विभिन्न बहाना तथा नक्कली विवरण बनाएर पास लिने तथा नक्कली पास नै बनाएर हिँड्ने गरेको पाइएको र त्यसलाई आजदेखि थप कडाइका साथ अनुगमन थालेको जानकारी दिए।

उपत्यकामा नौ हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले लकडाउन उल्लंघन गर्ने दुईदेखि तीन हजारलाई दैनिक कारबाही गरिरहेको समेत बताए । प्रहरीले उपत्यकामा आजमात्रै लकडाउन उल्लंघन गर्ने एक हजार ६०० लाई कारवाही गरिसकेको छ । आजसम्म २५ हजार बढीलाई कारबाही गरिएको पोखरेलले बताए । रासस

वि.सं.२०७६ चैत २५ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...