back
NMB ad

प्रहरीको तलब काटेर कोरोना कोषमा, कुन तहका प्रहरीको कति काटिने ?

Kumari bank ad

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) भन्दा माथिल्लो दर्जामा कार्यरतको तलब काटेर कोरोना कोषमा जम्मा गरिने भएको छ।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले अधिकृत तहका प्रहरीको ३ देखि ७ दिनसम्मको तलब काटेर कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।

बुधबार पठाइएको पत्रमा वैशाख महिनाको तलबबाट कट्टा गरी सो रकम जम्मा गर्न भनिएको छ। सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरे पनि संगठनले भने तलब कट्टा गर्न पत्राचार गरेको हो।

वैशाख महिनामा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) को ३/३ दिनको तलब काटिने छ। असईको २ हजार ६ सय ५८ रुपैयाँ र सईको २ हजार ८ सय २० रुपैयाँ कोषमा जम्मा हुनेछ।

यस्तै प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मको ५ दिनको तलब काटिने छ। प्रहरी निरीक्षकको ६ हजार, प्रहरी नायव उपरीक्षकको ६ हजार ७ सय ३० र प्रहरी उपरीक्षकको ७ हजार २ सय ४५ रुपैयाँ कोरोना कोषमा जानेछ।

प्रहरी वरिष्ठ उपरीक्षकदेखि आईजीपीसम्मको ७ दिनको तलव कोषमा जम्मा हुनेछ। प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको ११ हजार ५३, प्रहरी नायव महानिरीक्षक डीआईजीको ११ हजार ९ सय र प्रहरी अतिरिक्त महानिरीक्षक तथा महानिरीक्षकको ७ दिनको तलब १४ हजार १ सय ६१ रुपैयाँका दरले कोषमा जम्मा हुनेछ।

वि.सं.२०७६ चैत २६ बुधवार १७:४१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...