काठमाडौं । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय भनि विभिन्न संचार माध्यमबाट प्रसारित भएको समाचारप्रति गृह मन्त्राललयले ध्यानाकर्षण गराएको छ ।
एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभिन्न कारणले रोकिएका नागरिकहरुलाई उपत्यका बाहिर पठाउने सम्वन्धमा कुनै पनि निर्णय नभएको जनाएको छ ।
वि.सं.२०७६ चैत २७ बिहीवार १८:५६ मा प्रकाशित