back
NMB ad

त्रिविले अनलाइनमार्फत पठनपाठन गर्ने

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (मास्टर्स डिग्री)को पढाइ अनलाइनमार्फत गर्ने भएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले स्नातकोत्तर तह र त्यस भन्दा माथिल्लो तहको पठनपाठन तत्काल अनलाइनमार्फत सुरु गर्न निर्देशन दिएका छन् ।

उनले डिन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीको सहमतिमा सम्भव भएसम्मका विषय पठनपाठन गर्न निर्देशन दिएका छन् ।

अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखीकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्धताका लागि विश्वविद्यालयले स्रोतको खोजी गर्ने जनाएको छ ।

आवश्यक नीतिगत निर्णय प्रक्रिया अघि बढाउने भएको छ । अनलाइनबाट सम्भव नभएका, पूर्वाधार नभएका र प्रयोगात्मक कक्षा पठनपाठन सुरु हुनेबित्तिकै गर्ने जनाएको छ ।

त्यसैगरी, स्थगन गरिएका परीक्षा लकडाउनको अन्त्यपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्ने भएको छ ।

भिडियोमार्फत कक्षा सञ्चालन

कोरोना भाइरसका कारण भौतिक रूपमा विद्यार्थी कक्षाकोठामा उपस्थित हुन सक्ने अवस्था नभएपछि कतिपय शैक्षिक संस्थाले भिडियोमार्फत कक्षा सञ्चालन सुरु गरेका छन् ।

प्रविधिको पहुँच भएका शैक्षिक संस्थाले कोर्स पूरा गर्नका लागि भिडियोमार्फत कक्षा सञ्चालन गरेका हुन् ।  कक्षा ११ को कोर्स पूरा नभएको तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालन भएका प्रविधियुक्त शैक्षिक संस्थाले भर्चुअल कक्षा सञ्चालन गरेका हुन् । कोरोना भाइरसले अतिप्रभावित देशमा समेत अनलाइन कक्षा सुरु भएका छन् ।

विश्वविद्यालयका उपकुलपतिहरूसँग शिक्षामन्त्रीको भिडियो मिटिङ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहीबार साँझ सबै विश्वविद्यालयका उपकुलपतिहरूसँग भिडियो मिटिङ गरेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिमा विश्वविद्यालयले खेलेको भूमिका, स्वयंसेवक परिचालन र अनलाइन एजुकेसनको तयारीबारे उनले उपकुलपतिहरूसँग छलफल गरेका थिए ।

छलफलका क्रममा त्रिविका उपकुलपतिले सबै प्रयोगशालालाई प्रयोगमा ल्याउने गरी काम गरेको, अनलाइन एजुकेसन प्रणालीमा जाने तयारी भइरहेको, शिक्षकको क्षमता विकासका लागि काम भइरहेको, कोरोना संक्रमण फैलिन नदिन सचेतनामूलक अडियो, प्रकाशन र अपिल निकालेकोलगायत जानकारी दिए ।

साथै, स्वयंसेवकका लागि बायोमेट्रिक, बायोलोजी, शिक्षण अस्पतालको विज्ञको टिम परिचालन गर्न सकिने उनले बताए । छलफलमा काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, राजर्षि जनक विश्व विद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, खुला विश्वविद्यालयका उपकुलपतिको सहभागिता थियो ।

अनुसन्धानको जिम्मेवारीमा छुटेपछि आलोचना

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालले माइक्रोबायोलोजी, बायोटेक्नोलोजी र भौतिकशास्त्र विभागलाई नेपालमा पाइएको कोभिड–१९ को अनुसन्धान गर्न जिम्मेवारी दिएका छन् । यस्ता प्रकृतिका अनुसन्धानमा रशायनशास्त्रको ठूलो भूमिका रहने भए पनि उपकुलपतिले त्यसलाई वास्ता नगरेकोमा आलोचना भएको छ ।

यस्तै, कोभिड–१९ ले नेपालको अर्थ व्यवस्थामा र्पुयाउने प्रभावसम्बन्धी अनुसन्धानको जिम्मा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)लाई दिइएको छ ।

सामाजिक तथा मानवीय क्षेत्रमा र्पुयाउने प्रभावसम्बन्धी अनुसन्धानको जिम्मेवारी नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)लाई, महामारीले र्पुयाउने क्षति न्यूनीकरण गर्न के–कस्तो वैज्ञानिक उपकरण आवश्यक पर्छ भन्ने विषयमा अध्ययन गर्न व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)लाई दिइएको छ ।

विश्वविद्यालयले लामो समयसम्म पठनपाठन र परीक्षा अवरुद्ध हुँदा के–कस्ता पठनपाठन विधि र पद्धति अवलम्बन गरेर शैक्षिक क्यालेन्डर नियमित र व्यवस्थित गर्न सकिन्छ भन्नेलगायतका शैक्षिक गतिविधिको अनुसन्धानको जिम्मा शिक्षा विकास तथा अनुसन्धान केन्द्रलाई दिएको छ ।

नेपालमा देखिएको कोरोना भाइरसबारे त्रिविका केन्द्रीय विभाग, अनुसन्धान केन्द्रहरूले अध्ययन सुरु गरे पनि बजेट नजुट्दा समस्या भएको छ । त्रिविका उपकुलपति बाँस्कोटाले केन्द्रीय विभाग र अनुसन्धान केन्द्रहरूलाई कोरोना भाइरसको असरबारे अध्ययन गर्न निर्देशन दिए पनि बजेट भने नजुटेको बताए ।

त्रिविले केन्द्रीय विभाग र चारवटा अनुसन्धान केन्द्रलाई कोभिड–१९ र यसको असरबारे अनुसन्धानका लागि छुट्टाछुट्टै जिम्मेवारी दिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीले नेपालको सामाजिक, आर्थिक, शैक्षिक, मनोवैज्ञानिक तथा मानवीय क्षेत्रमा अल्पकालीन र दीर्घकालीन के–केस्ता असर र्पुयाउँछ, त्यसको विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ ।

त्यस्ता अनुसन्धानले सरकारको आगामी नीति र त्रिविले खेल्ने भूमिकाबारे प्रतिवेदन दिन केन्द्रीय विभाग र अनुसन्धान केन्द्रहरूलाई निर्देशन दिएका छन् ।(नयाँ पत्रिका दैनिकबाट)

वि.सं.२०७६ चैत २८ शुक्रवार ०७:२८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...