back
NMB ad

बागलुङकी थप एक महिलामा कोरोना पोजेटिभ : पुनः परीक्षणका लागि पोखरा पठाउने तयारी

Kumari bank ad

बागलुङ । दुई जनामा संक्रमण पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का पोजेटिभ देखिएको छ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। उनी केही साता अघि मात्रै गाउँका  सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन्।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।

‘तीन दिनदेखि जारी र्‍यापिड टेष्टका क्रममा काठेखोलामा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको जानकारी आयो,’ प्रजिअ शैजुले भने, ‘अब शंकास्पद महिलासहित उनको परिवार र सम्पर्ककमा भएकालाई क्वारेन्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यस तर्फ पठाएका छौँ।’

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस (कोभिड-१९) र्‍यापिड डाइगोनोस्टिक टेष्टमा शनिबारसम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको थियो।   -अन्नपूर्ण पोष्टबाट

वि.सं.२०७६ चैत ३० आइतवार १७:२९ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...