back
NMB ad

एनसेलले बुझायो पुँजीगत लाभकर

Kumari bank ad

काठमाडौं । एनसेलले ४ वर्षपछि आफ्नो सेयर स्वामित्व खरिद बिक्री हुँदा तिर्नुपर्ने पुँजीगत लाभकर वापतको सबै रकम सरकारलाई बुझाएको छ । आइतबार एनसलेले बुझाउन बाँकी रु.१४ अर्ब ३३ करोड पुँजीगत लाभकर ठूला करदाता कार्यालयलाई बुझाएको जानकारी दिएको हो ।

एनसेलका अनुसार यो रकम बझुाएसँगै यसको चार वर्षदेखिको पूँजीगत लाभकर विवादको अब अन्त्य भएको छ । एनसेलले रु.२२ अर्ब ४४ करोड बुझाउनुपर्ने भएपनि सबै रकम समयमा नै नबुझाउन ढिलो गरेका कारण थपिएको व्याज र जरीवानासहित कुल रु.२३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५ सय ४६ रुपैयाँ बुझाएको हो ।

एनसेलले तिनुपर्ने आफ्नो दायित्वको सबै लाभकर चुक्ता गरेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । ठूला करदाता कार्यालयले यसअघि एनसेललाई सेयर स्वामित्व बिक्रीवापतको कुल पूँजीगत लाभकर रु.२२ अर्ब ४४ करोड तोकेको थियो ।

सोही अनुसार कम्पनीले गत पुष १६ गते रु.४ अर्ब ५० करोड तिरेको थियो । त्यसपश्चात कम्पनीले तिर्नुपर्ने व्याजसहितको बाँकी रकम रु.१९ अर्ब मध्ये रु.४ अर्ब ६० करोड १८ चैत्रमा तिरेको थियो ।

एनसेलले पुस १६ यताको ब्याजसहित रु.१४ अर्ब ४० करोड रुपैयाँ तिर्न बाँकी थियो । एनसेलले तिर्न बाँकी रकम पनि सरकारले लकडाउन सकिएपछि १५ दिनको समय दिएर सम्पूर्ण रकम असुल गर्ने सरकारी तयारी थियो ।

एनसेलले नेपाली ब्यांकसँग ऋण लिएर लाभकर तिरेको हो । एनसेलले नेपाल इन्भेष्टमेन्ट ब्यांंक, नबिल ब्यांक र ग्लोबल आइएमई ब्यांक, हिमालय ब्यांंक, सानिमा ब्यांक र एभरेष्ट ब्यांकबाट ऋण लिएर लाभकर सरकारलाई बुझाएको उल्लेख छ ।

वि.सं.२०७६ चैत ३० आइतवार १७:४० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...