back
NMB ad

ठेलामा तरकारी बेच्न पाइने, प्रशासनले निकाल्यो यस्तो सूचना

Kumari bank ad

चितवन । चितवन जिल्ला प्रशासनले ठेला, रिक्सा र साइकलबाट उपभोक्ताको घरदैलोसम्म तरकारी लैजान नरोक्ने जनाएको छ । जिल्ला प्रशासनले भरतपुर महानगरपालिकाको पत्रको प्रतिउत्तरमा तरकारी लैजाँदा सामाजिक दुरी कायम राख्नुपर्नेमा भने सचेत गराएको छ ।

लकडाउनका कारण आपूर्ति सहज नभई अधिकांश किसानको तरकारी बारीमै तरकारी कुहिन थालेपछि भरतपुर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न अनुरोध गरेको थियो ।

थोक बजार बन्द भएको र उपभोक्ताले तरकारी पर्याप्तमात्रामा उपभोग गर्न नपाइरहेका बेला महानगरपालिकाले पत्र नै लेखेर अनुरोध गरेको हो ।

महानगरपालिकाकी शाखा अधिकृत राधा देवकोटाद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘चैत्र २७ गते बसेको बैठकले भरतपुर महानगरपालिका भित्र उत्पादित कृषि उत्पादन तरकारी बजारमा लैजान नसक्दा बारीमै कुहिएको अवस्थालाई ध्यानमा राख्दै किसानलाई ठेला, रिक्सा साइकलबाट निश्चित दूरी कायम गरी उपभोक्ताको घरदैलोसम्म पु¥याउन अनुरोध गर्ने निर्णय भएको हुंँदा सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन आदेशअनुसार व्यहोरा पठाइएको छ ।’

यस पत्रको सम्बोधन गर्दै प्रशासनले बढी भीडभाडका कारण थोक बजारमा रोक लगाइए पनि उपभोक्ता घरदैलोमा पु¥याउन उल्लेखित सवारीसाधनमार्फत् रोकतोक नगरिने प्रशासनले प्रष्ट पारेको छ । प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टराईले यस पत्रको सम्बोधन गर्दै लेखेका छन् ।

‘थोक बजार बन्द भएको अवस्थामा उपभोक्ताको घरदैलोमा तरकारी र्पुयाउन रोक तोक नगर्ने र यसका लागि सामाजिक दूरी कायम गर्ने वातावरण मिलाउन अनिवार्य हुने व्यहोरा उल्लेख छ । सोही अनुसार सुरक्षा निकायलाई सहयोग गरिदिन प्रशासनले निर्देशन दिएको बाह्रखरी अनलाइनमा समाचार छ ।

वि.सं.२०७७ वैशाख १ सोमवार १४:१५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...