back
NMB ad

कैलालीकी कोरोना संक्रमित महिलासँगै ३५ जना एउटै बसमा सवार

Kumari bank ad

कैलाली । कैलालीमा १३ औं नम्बरमा कोरोना संक्रमित प्रमाणित ६० वर्षिया बृद्धा वीरगञ्जको चिया पसल सचालन गर्दै आएको व्यक्ति भएको बुझिएको छ ।

वीरगंजको बसपार्कमा चियापसल संचालन गर्दै आएकी ती महिलाको स्थाई घर भने कैलालीको लम्कीचुहा नगरपालिका भएको वीरगंजको स्थानिय प्रशासनल खुलाएको छ ।

लकडाउनका कारण कैलालीका ३५ जना वीरगंजको बसपार्कमा अलपत्र परेपछि स्थानिय प्रशासनले नै बस बुकिङ गरिदिएपछि संक्रमित महिला सहित ३५ जना कैलाली पठाएको थियो ।

ती बृद्धा सहित १७ जनालाई सीमा नाकाबाट आएको भन्दै जनप्रतिनिधिहरुले लम्कीचुहा बहुमुखी क्याम्पसमा २९ गते सम्म क्वारेन्टाइनमा राखेको टीकापुर अस्पतालका स्वास्थ्यकर्मी प्रष्ट्याएका छन् । संक्रमित व्यक्तिको चैत्र २५ गते गरिएको र्या्पिड टेस्टमा नेगेटिभ देखिएपछि क्वारेन्टाईनबाट छोडिएपछि उहाँ भुरुवास्थित आफन्तकोमा बस्नुभएको थियो ।

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला काठमाडौबाट चैत्र २५ गते कैलाली पुगेको टोलीले क्वारेन्टाईनमा बसेका ५१ जना मध्ये ४४ जनाको नमूना काठमार्डौ ल्याई परिक्षण गर्दा एक जना बृद्धको रिपोर्ट पोजेटिभ आएको र पुनः परिक्षण गर्दा पनि पोजेटिभ आएपछि संक्रमण पुष्टि गरि उपचारका लागि बृद्दालाई सेती प्रादेशिक अस्पताल लगिएको जनाएकोछ । अस्पतालका अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेपनि दमको समस्या पहिला नै भएको जनाएको छ ।

संक्रमित महिलासँगै क्वारेन्टाईनमा बस्ने अन्य १७ जनालाई पनि पुनः परिक्षणका लागि बोलाईएको टीकापुर अस्पतालले जनाएको छ ।

वि.सं.२०७७ वैशाख १ सोमवार १४:४६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...