back
NMB ad

कोरोना आशंकापछि : १८ सय व्यक्ति बस्दै आएको सनसिटी अपार्टमेन्टमा सिल

Kumari bank ad

काठमाडौं । राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आइरहेका केही व्यक्तिमा कोरोना संक्रमणको आशंका पाइएपछि पुरै अपार्टमेन्ट सिल गरिएको छ ।

अपार्टमेन्टमा बस्दै आएका तीन जनाको ¥यापिड डायग्नोस्टिक टेस्टका क्रममा रिपोर्ट पोजेटिभ देखिएपछि प्रहरीले अपार्टमेन्ट सिल गरेको हो । अपार्टमेन्टमा झन्डै १ हजार ८ सय व्यक्ति बसोवास गर्दै आइरहेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अपार्टमेन्ट क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनले भने, ‘अब अपार्टमेन्टमा बसेका सबैलाई क्वारेन्टाइनमा राख्ने गरी आवश्यक सामग्रीहरू उपलब्ध गराइनेछ, सबैलाई अपार्टमेन्टभित्रै क्वारेन्टाइनमा राखिनेछ ।’

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आरडीटी टेस्ट गर्दा अपार्टमेन्टमा बस्दै आएका तीन जनाको रिपोर्ट पोजेटिभ आएपछि पाटन अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

पाटन अस्पतालमा उनीहरूको पीसीआर परीक्षण सुरु भएको छ । ५ चैतमा उनीहरू लन्डनबाट काठमाडौं आएका थिए । अपार्टमेन्टमा मानिसहरूको भीडभाड हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ

वि.सं.२०७७ वैशाख १ सोमवार २१:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...