back
NMB ad

देशभर १५ हजार ८०० ओटा कोरोना परीक्षण, यस्तो छ नेपालको पछिल्लो अपडेट

Kumari bank ad

काठमाडौं । नेपालमा हालसम्म १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा पाँच, काठमाडौंमा चार, वीरगन्जमा चार तथा बागलुङमा दुईजना संक्रमितको उपचार भइरहेको बताउनुभयो ।

सुरुका संक्रमित एकजनालाई भने उपचारपछि यसअघि नै निको भइसकेको छ । डा. देवकोटाले अहिलेसम्म नेपालमा १५ हजार ८०० ओटा परीक्षणहरु गरिएको जानकारी दिनुभयो ।

सोअनुसार घाँटीको स्वाबको नमुना परीक्षण छ हजार ८७१ र ‘आरडीटी’बाट आठ हजार ९२९ ओटा परीक्षण भएका हुन् । त्यस्तै, काठमाडौंमा ११ सहित ११७ जनालाई ‘आइसोलेसन’मा राखिएको छ । पाँच हजार ६१४ जना ‘क्वारेन्टाइन’मा बसेका छन् । १४ जिल्लाबाहेक सबै जिल्लामा आरडीटीबाट परीक्षण भइरहेको बताइएको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १७:२४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...