back
NMB ad

दार्जिलिङमा कोरोना संक्रमितको उपचारमा खटिने नर्ससहित परिवारका तीन जना संक्रमित

Kumari bank ad

काठमाडौं । दार्जिलिङमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरूमध्ये एकजना उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलकी स्वास्थ्यकर्मी (नर्स) हुन्। उनकी आमा र पतिमा पनि संक्रमण देखिएको छ ।

यद्यपि यी नर्सका दुई वर्षे छोरोको रिपोर्ट भने नेगिटिभ आएको छ । अहिले संक्रमित तीनैजना सिलगढ़ीको मतिगढ़ास्थित डा.च्याङ सुपर स्पेशालिटी हस्पिटलमा उपचार गराइरहेका छन्।

यी नर्स कोरोना भाइरसकै कारण मृत्यु भएकी कालेबुङनिवासी महिलाको उपचारमा खटिएकी थिइन्। ती महिलाकै सम्पर्कमा आएपछि उनी कोरोना संक्रमित बनेको अनुमान गरिएको छ ।

उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटल सूत्रका अनुसार नर्सका पतिको रिपोर्ट मंगलबार र आमाको रिपोर्ट बुधबार पोजिटिभ आएको हो ।
यसभन्दा अघि पनि यसै मेडिकल कलेजकी अर्की नर्समा पनि कोरोना संक्रमण देखिएको थियो।

अहिले उनी पनि डा. च्याङ सुपर स्पेशालिटी हस्पिटलमा उपचार गराइरहेकी छन्।

वि.सं.२०७७ वैशाख ४ बिहीवार ०८:०६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...