back
NMB ad

लकडाउनका कारण : आमाको मृत्यु हुँदा पनि घर आउन दिइएन, क्वारेन्टाइनमै किरिया

Kumari bank ad

काठमाडौं । मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका १ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्।

क्वारेन्टाइनको बसाइ सकेर घर आउने दिनको पर्खाइमा रहेकै बेला भट्टले आमालाई गुमाएका छन्। नेपाल आउन नपाएपछि उनी आमाको अन्त्येष्टिमा सहभागी हुन पाएनन्। घरमा आमा गोमतीको मृत्यु भएको खबर उनले मंगलबार पाए ।

उनी मंगलबारदेखि नै भारतीय क्वारेन्टाइनमा आमाको किरियामा बसेका बसेका छन् । ‘मेरा लागि दशा लागेछ, आफ्नै भूमिमा जान नपाउँदा आमाको दाहासंस्कार पनि गर्न पाइनँ’, उनले भने, ‘भारतीय प्रहरीले जान दिन्छौं भनेका छन् तर आफ्नै देशबाट अनुमति नपाउँदा रोकिएको छु।’

आमाको मृत्युको खबर पाएपछि मर्माहत उनले पौडेरै भए पनि महाकाली नदी पार गरेर घर आउने सोच बनाएका थिए। तर नेपाली पक्षको अनुमति नपाउँदा भारतीय पक्षले छाड्न नमानेकाले क्वारेन्टाइनमै किरिया बस्न बाध्य भएको उनले बताए।

आमाको मृत्यु भएपछि घर आएर किरिया गर्ने वातावरण बनाइदिन दार्चुलाका नेतालगायतलाई आफूले हारगुहार गरे पनि सुनुवाइ नभएको उनले बताए।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले भट्टलाई परेको समस्याबारे जानकारी पाएपछि उनलाई घर ल्याउने वातावरण बनाउन पहल भइरहेको बताए। कुँवरले भारतीय क्वारेन्टाइन क्षेत्रका उपजिल्ला अधिकारीलाई पत्र पठाएर भट्टलाई घर ल्याउने प्रक्रिया सुरु गरेको बताएका छन्। (नागरिक दैनिकबाट)

वि.सं.२०७७ वैशाख ४ बिहीवार १०:५७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...