back
NMB ad

कोरोना सङ्क्रमित एक नेपाली निको भए

Kumari bank ad

काठमाडौं । मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएका छन् । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सङ्क्रमित एक जना नेपाली निको भएर काममा फर्किएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म मलेसियामा एक नेपालीमा मात्रै कोरोना सङ्क्रमण भएको दूतावासलाई औपचारिक जानकारी छ । राजदूत पाण्डेले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र लकडाउन उल्लङ्घन नगर्न पनि आग्रह गर्नुभयो ।

मलेसियाले लकडाउनको उल्लङ्घन गरेको आरोपमा १४ जना नेपालीलाई पक्राउ गरिसकेको भन्दै उहाँले यो समयमा सतर्क रहन र मलेसिया सरकारले जारी गरेका नियमको पालना गर्न आग्रह गर्नुभएको छ ।

कोरोनाका कारण अन्तर्रा्ष्ट्रिय उडान बन्द हुँदा अहिले भिसा अवधि सकियो के गर्ने भन्ने गुनासा धेरै आएको सन्दर्भमा उहाँले सबै श्रमिकलाई यो बेला धैर्य गरेर बस्न अग्रह गर्नुभयो ।

लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा व्यवस्था गर्ने भन्दै नआत्तिन राजदूत पाण्डेले आग्रह गर्नुभयो ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार ११:०९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...