back
NMB ad

कोरोना संक्रमित १६ जनाको नालिवेली : यस्तो छ पछिल्लो अवस्था

Kumari bank ad

काठमाडौं । हालसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एक जना निको भइ घर फर्किसकेका छन् । संक्रमित मध्ये पुरुष १० जना रहेका छन् भने महिला ६ जना ।

उनीहरुको उमेर समुह १९ वर्षदेखि ८१ वर्षसम्म रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पहिलो संक्रमित :

गत १० माघमा पहिलो पटक चिनको वुहानबाट फर्किएका एक ३२ वर्षीय यूवकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । १७ माघमा पुनः परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

दोस्रो संक्रमित :

१० चैतमा दोस्रो संक्रमित पुष्टि भएको थियो । ४ चैतमा कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल भित्रिएकि थिईन् । काठमाडौंकी १९ वर्षिय ती युवती हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत छिन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेस्रो संक्रमित :

१२ चैतमा तेस्रो संक्रमित भेटिएका थिए । युनाइटेड अरब इमिरेट्स (युएई) बाट आएका धादिङका ३२ वर्षीय नेपाली पुरुष हुन् । ६ चैतमा नेपाल फर्किएका उनी १० चैतमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्न भएका थिए । उनको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । उनी एयर अरबियाको फ्लाइट नम्बर जि ९५३७ बाट युएईको सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए ।

चौथो संक्रमित :

संयुक्त अरब इमिरेट्स दुबईबाट नेपाल फर्किएका धनगढीका ३४ वर्षीय पुरुष चौथो संक्रमित हुन् १४ चैतमा संक्रमणको पुष्टि भएका उनको उपचार सेति प्रादेशीक अस्पतालमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य वन्दै गएको अस्पतालले जनाएकोछ ।

पाँचौ संक्रमित :

बागलुङकी १९ वर्षीय यूवति पाचौं संक्रमित यूवती हुन् । १५ चैतमा संक्रमणको पुष्टि भएकी उनी कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिईन् । उनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

छैटौं संक्रमित :

४ चैतमा कतार एयरबाट नेपाल आएका बागलुङकी महिलामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६ पुगेको थियो । २० चैतमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो । हाल ती महिलाको धौलागिरी अस्पतालमा उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

सातौ संक्रमित :

गत २० चैतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमीत मध्ये एक जनामा स्थानिय संक्रमण देखिएको थियो । चौथो संक्रमितको नाताले भाउजु पर्ने ३४ वर्षिय महिलालाई संक्रमण पुष्टि भएको हो । उनी सेति प्रादेशीक अस्पतालमा उपचाररत छीन् ।

आठौं संक्रमित :

भारतको उत्तराखण्डबाट नेपाल आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनको सेति प्रादेशीक अस्पतालमा भइरहेको छ ।

नौं संक्रमित :

संक्रमण देखिएकामध्ये कैलालीका २१ वर्षिय पुरुष मुम्बईबाट नेपाल फर्किएका थिए । ती तीन जनाको उपचार सेति प्रादेशीक अस्पतालमा भइरहेको छ ।

१० औं संक्रमित :

गत ३० चैतमा ३७ वर्षिय भारतिय नागरीक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको नारायणी अस्पताल विरगञ्जमा उपचार भइरहेको छ ।

११ औं संक्रमित :

गत ३० चैतमा ४४ वर्षिय भारतिय नागरीक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको नारायणी अस्पताल विरगञ्जमा उपचार भइरहेको छ ।

१२ औं संक्रमित :

गत ३० चैतमा ५५ वर्षिय भारतिय नागरीक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको नारायणी अस्पताल विरगञ्जमा उपचार भइरहेको छ ।

१३ औं संक्रमित :

गत एक वैशाखमा ६५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १३ पुगेको थियो । ती महिलाको आरडीटि टेष्ट गर्दा रीपोर्ट नेगेटीभ आएको थियो । अनि घर फर्केकी थिईन् । लगत्तै आरटीपिसीआरमा रीपोर्ट पोजेटीभ आएको थियो । लम्किचुहा, कैलालीकी ती महिलाको हाल सेति प्रादेशीक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

१४ औं संक्रमित :
१ वैशाखमा रौतहटका १९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

१५ औं संक्रमित :

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा वस्दै आएका तीन जनामा आरडीटि टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । लगत्तै आरटी पिसिआरमा दुइ जनाको रिपोर्ट पोजेटिभ देखियो । चार चैतमा बेलायतबाट फर्केका ५८ वर्षीय ती पुरुषको २ वैशाखमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १५ पुगेको हो । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

१६ औं संक्रमित :
सनसिटी अपार्टमेन्टमा वस्दै आएका तीन जनामा आरडीटि टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । चार चैतमा बेलायतबाट फर्केका ८१ वर्षीय ती महिलामा २ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि पाटन अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०९:१३ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...