back
NMB ad

कोरोना संक्रमितले यी ४४ प्रकारका औषधी १५ दिनभित्र खानुपर्ने (सूचिसहित)

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न ४४ प्रकारका औषधीको सूची तयार गरेको छ । कम्तिमा १५ दिन इन्टेन्सिभ केयर युनिट (आइसीयू) मा राख्नुपर्दा कोरोना संक्रमितले यी ४४ थरीका अत्यावश्यक औषधी सेवन गर्नुपर्नेछ ।

विज्ञ टोलीसँग छलफल गरेरै औषधीको सूची तयार पारेको मन्त्रालयले जनाएको छ । हालको अवस्था र पछि निम्तनसक्ने आपत्कालिन अवस्थालाई दृष्ट्रिगत गरी सूची बनाइएको विज्ञ समितिका एक सदस्यले जानकारी दिए ।

मन्त्रालयले तयार पारेको सूचीलाई उच्चस्तरीय समितिले अनुमोदन गरिसकेको छ । आइसीयूमा राखिने बिरामीका लागि अत्यावश्यक औषधी अभाव हुन थालेकाले सो समस्या समाधान गर्न व्यवसायी र सरकारले कति परिमाणमा खरिद गर्ने भन्ने निर्क्यौल पनि यही सूचीका आधारमा गरिने मन्त्रालयस्रोतले जानकारी दियो ।

तत्कालका लागि कम्तिमा १,००० संक्रमितलाई पुग्ने गरी औषधी राख्न विज्ञ समितिले सरकारी अधिकारीहरूलाई सुझाव दिएका छन । संक्रमितका लागि अत्यावश्यक यी अधिकांश औषधी नेपालमा बन्दैनन् । उत्पादन हुने गरेका केही औषधी तत्काल बनाउनका लागि पनि अहिले आवश्यक सामग्री (कच्चापदार्थ) पर्याप्त नभएको फर्मास्युटिकल्स कम्पनीहरूले जानकारी गराएका छन ।

अहिलेसम्म कोरोना भाइरसविरूद्धको खोप या कुनै औषधी बनिनसकेकाले विश्वभरका चिकित्सकहरूले संक्रमितमा देखिइने लक्षणका आधारमा औषधी चलाउने गरेका छन्। अहिलेम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । त्यसमध्ये २८ जना अस्पतालमै उपचाररत छन्। उपचाररत अधिकांशको स्वास्थ्य अवस्था सामान्य नै छ । (थाहा खबरबाट )

वि.सं.२०७७ वैशाख ६ शनिवार ०९:२७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...